काठमाडौँ — सहिद स्मारक ‘ए’ डीभीजन लिग फटबलअन्तर्गत शनिबार हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा अग्रता जोगाउन नसक्दा संकटाले हिमालयनसँग अंक बाँड्न बाध्य भयो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । खेलको ६०औं मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्दै टिमलाई अग्रता दिलाए । हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले फुत्काएर रिबाउन्ड आएको बलमा बल लक्ष्मणले गोल गरेका थिए ।
संकटाको अग्रता ४ मिनेट पनि टिकेन । ६४औं मिनेटमा त्रिदेभ गुरुङले हेडमार्फत् गल गर्दै खेल बराबरी गरे । जीवन गुरुङको क्रसमा त्रिदेभले सुन्दर गोल गरेका थिए । जारी लिगमा यस सिजनकै पहिलो गोल गर्ने लक्ष्मण उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतिक्रिया