Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कर्णाली

कर्णालीका मन्त्री शाहीले सरकारी सुविधा नलिने घोषणा


काठमाडौँ — कर्णालीका नवनियुक्त भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सरकारी सुविधा नलिने बताएका छन् । आफूहरु दुईदिनको मात्रै पाहुना भएको उल्लेख गर्दै मन्त्री शाहीले अनावश्यक सरकारी सेवा सुविधा नलिने बताएका हुन् ।

मन्त्रालयका सचिवहरुले मन्त्री शाहीलाई सरकारी निवास प्रयोग गर्न आग्रह गरेपनि उनले आफूले सरकारी सेवासुविधा प्रयोग नगर्ने बताएका हुन् । मन्त्री शाहीको भनाई उदृत गर्दै एक कर्मचारीले भने, ‘तर मन्त्री ज्यूले आफू राजनीतिक व्यत्तित्व भएको बताउँदै यो मन्त्रालयमा कति दिन बस्ने हो टुंगो नभएको बताउनुभयो । साथै उहाँले सरकारी निवास प्रयोग नगर्ने बताउनुभयो ।’

ती कर्मचारीका अनुसार मन्त्री शाहीले सचिवालय पनि गठन नगर्ने बताएका छन् । कर्णाली प्रदेश सभामा नेकपा माओवादीका १२, काँग्रेसका ६ समाजवादीका तीन जना सांसद छन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सभामुखसहित १३ र राप्रपाका एक सांसद रहेका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी मंसिर १४ गते दिउसो १ बजे विश्वासको मत लिने कार्यत्रम तय भएको छ ।