राजनीति

पौडेल समूहका सभापतिका आकांक्षीबीच छलफल हुँदै


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुबीच शनिबार छलफल हुँदैछ ।

सभापतिमा उम्मेदवारी दिने तयारी गरेका नेताहरु पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच शनिबार साँझ शशांक निवासमा भेट गर्ने तय भएको एक नेताले बताए ।

सभापति पदका अर्का आकांक्षी केन्द्रीय सदस्य शेखर कोइराला भने काठमाडौँ बाहिर भएकाले उक्त छलफलमा सहभागी नहुने शशांक निकट एक नेताले बताए ।