राजनीति

प्रचण्डको आरोप : ओलीका कारण संविधान संशोधन रोकियो


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीका कारण संविधान संशोधन गर्ने आफ्नो प्रयास असफल भएको आरोप लगाउनुभयो ।

आज रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रचण्डले संविधान संशोधनका लागि आफूले दुई पटक प्रयास गरेको भएपनि केपी ओली खलनायक बनेका कारण सफल नभएको बताउनुभयो । उहाँले महन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनि छेरेको आरोप लगाउँदै उनीहरु मधेसी जनताको पक्षमा नभएको समेत अरोप लगाउनुभयो ।

आमसभामा प्रचण्डले प्रभु साहलाई लक्षित गर्दै बोराका एकाध कुहिएको आलु फलिएकाले अरु सबै बचेको टिप्प्णी गर्नुभएको थियो ।

 कार्यक्रममा प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी समेत गरेका छन् । उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे ।

‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’ प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे ।