राजनीति

नेकपा एस प्रदेश–२ सरकारमा सहभागी हुँदै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व गरिरहेको प्रदेश २ को सरकारमा नव गठित पार्टी नेकपा एकीकृत समाजवादी (एस)सहभागी हुने भएको छ । प्रदेश २ मा एसले उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय माउने तय भएको हो ।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भएको छ । भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।