राजनीति

फेरि पनि अध्यक्षमा ओली नै


काठमाडौँ – नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताउनु भएको छ । सचिव उहाँले पार्टीको नेतृत्व चयन सर्वसम्मतीले भए अध्यक्षमा ओलीनै चयन हुने बताउनु भएको हो ।

भट्टराईले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पु¥याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहेको तर्क समेत गर्नु भयो । सचिव भट्टराईले पार्टी भित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताउनु भयो ।