राजनीति

एमसीसी पास गराउन अमेरिकाले दियो मंसिर २८ सम्मको समयसीमा


काठमाडौँ – दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) परियोजना पास गराउन नेपालका शिर्षस्त नेताहरुलाई दवाव दिएका छन् । नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेर एमसीसी के गर्नुहुन्छ, पास गर्नुभए राम्रो हुन्थ्यो भन्दै अप्रत्यक्ष दवाव दिएका हुन् ।

धेरै देशहरु एमसीसी परियोजना सञ्चालन गर्न इच्छुक रहेको लुले बताएका थिए । प्रधानमन्त्री तथा अन्य दुई नेतासंग भेटको क्रममा लुले यही मंसिर २८ गतेसम्म अन्तिम निर्णय दिन समयसिमा तोकेका छन् । सो समयावधीसम्म पनि निर्णय नआए उक्त परियोजना फिर्ता हुने उनको भनाई छ । लुले आफ्नो प्रस्ताव राखेको त आफूले कुनै जवाफ नदिएको माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष प्रचण्डको भनाइ छ ।

शीर्ष नेताहरुसंगको भेटपछि सञ्चारकर्मीहरुसंग अन्तत्र्रिmया गर्दै लुले एमसीसी बोर्डको बैठक आगामी डिसेम्बर १४ मा बस्ने भएकाले त्यस अगावै निर्णय दिन नेताहरुलाई सुझाएको बताए । एमसीसी परियोजना सञ्चालनको प्रमुख पाँच सर्तमध्ये संसद्बाट अनुमोदन हुनुपर्ने विषयसमेत रहेको छ । संसदमा विचाराधीन रहेको सो विषयमा राजनीतिक दल विभाजित छन् ।