राजनीति

चुनावका लागि देउवा, प्रचण्ड र माधवको मार्चपास, मिति नतोकिएको चुनावमा किन हतारिए नेताहरु ? (भिडियोसहित)


काठमाडौँ — संघीय लोकतान्त्रिक व्यवस्थापछि पहिलो पटक ५ वर्षे स्थायी शासनको अभ्यास भएको पनि समय पूरा हुन लाग्यो । असाधारण उत्तारचढावका विच घर्किदो समयमा संसदीय राजनीतिका मुख्य दलहरु आगामी निर्वाचन अघि पार्टी सुद्धिकरणको यात्रा देखिन्छन् । महाधिवेशन र राष्ट्रिय सम्मेलन मार्फत दलहरुले आगामी निर्वाचनको मार्चपास गर्न खोजेको संकेत गरेका छन् ।

संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थामा पहिलो पटक ५ वर्षे स्थायी सरकारको अनुभव भएको छ । अनुभव खासै सुनौलो नभए पनि पुन अर्काे निर्वाचनको माहोल तात्तिसकेको छ । समयमै निर्वाचन भए आगामी फागुनबाट स्थानीय तहको निर्वाचन सुरु भइसक्नु पर्ने हो । गएको ४ वर्षमा संसदीय राजनीतिमा प्रमुख दलहरुले खटपट, विभाजन र द्धन्द मज्जैले खेपेका छन् ।

सत्ता हत्याउने र गुमाउने निकृष्ट खेल खेलेका दलहरुले त्यसको रिस आगामी निर्वाचनमा फेर्ने दाउपेच खुलेरै अभिव्यक्त गरिसकेका छन् । नेताहरुको देश दौडाह, भाषण र कार्यकर्ताहरुको जभघट हेर्दा उनीहरु जसरी पनि आउने निर्वाचनमा एकले अर्काेलाई पछार्ने अर्जुनदृष्टीमा छन् ।

सानाभन्दा साना कार्यक्रमहरुमा पनि ठूला दलका शिर्ष नेताहरुको उपस्थीति बाक्लीएको छ । पूर्वदेखि पश्चिमसम्मको यात्रामा कतै हेलीकोप्टर कतै प्लेन त कतै मोटरबाटो बाटै पुग्ने चटारो नेताहरुमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यस मामिलामा अग्रपंत्तिमा देखिएका छन् । केही दिनलाई मात्रै हेर्ने हो भने प्रचण्डको देश दौडाह बढेर गएको छ । उनी गत बुधबार महोत्तरीको आमसभालाई सम्बोधन गर्न पुगे भने अघिल्लो बुधबार डोल्पा पुगे ।

उनी भोली पुन रौतहटमा पार्टीले आयोजना गेको सभामा सहभागी हुन पुग्दैछन् । एमाले र नेपाली काँग्रेस महाधिवेशनको चटारोमा लाग्दा प्रचण्ड पार्टीमा माहोल बनाउन दौडधुपमा लागेका हुन् । नेताहरुको अक्सर भाषण आगामी निर्वाचनमा आफू पहिलो शक्ति हुने आशयका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि संगठन विस्तार र भेलाका लागि काठमाडौँदेखि जिल्ला जिल्लामा कार्यक्रम गरिरहेका छन् । उनले अधिकांश भाषणमा एमालेको सत्तोसराप गर्दै आएका छन् । उनले आगामी निर्वाचनमा माहोल बनाउनकै लागि कुदाकुद गरिरहेको देखिन्छ ।

अहिले मुख्य ठूला एमाले र नेपाली काँग्रेस भने महाधिवेशनको चटारोमा छ । महाधिवेशनबाट नयाँ नेतृत्व तयार पारि आगामी निर्वाचनलाई पार्टी अघि बढ्ने तयारीमा देखिन्छ । महाधिवेशनले आगामी निर्वाचनको लागि पार्टीको आन्तरिक संघर्ष व्यवस्थापन गर्ने भएकाले नेताहरु आफ्नो गुट बलियो बनाउन तलैदेखि लागि परेका छन् ।

यस्तो अध्यास काँग्रेसमा उच्च छ भने एमालेमा माधव नेपाल विहिन परिस्थीतिले गुटगत टकराव सुन्य जस्तै छ । यद्यपी पार्टीहरुको अहिलेको क्रियाकलाप हेर्दा उनीहरु आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनको पूर्वअभ्यासमा लागिसके भन्ने देखिन्छ ।