समाचार

काठमाडौँमा हस्तकला मेला सुरु, मेलामा के छ बिशेष ? (भिडियोसहित)


काठमाडौँ — नेपाली उत्पादन र निर्यातका हिसावले अग्रणी स्थानमा रहेको हस्तकला क्षेत्र कोरोनाका कारण संकटमा छ । शुक्रबारबाट सुरु भएको हस्तकला मेलाले व्यवसायीहरु उत्साही बनेका छन । तर उत्पादित बस्तु निर्यातमा झन्झटिलो सरकारी प्रक्रियाका कारण व्यवसायीहरु आजित छन ।

काठमाडौँ बुङमतिका प्रमिला शाक्यको दैनिकी कहिले आँखी झ्याल, कहिले फोटो फ्रेम त कहिले अन्य हस्तकलाका सामानहरु बनाएरै वित्छ । आफ्नो परिवासँगै बसेर,घरको सबै काम सकाएर घरमै बसी बसी यहि कामबाट मासिक २०–३० हजार कमाउछिन । सानोमा आफ्नो बुबा दाईहरुले मात्र गरेको काम अहिले आफैले तालिम लिएर व्यवसायीक रुपमै लागेकी छिन । उनलाई आफ्नो आवश्यकता पुरा गर्न श्रीमान वा परिवारसँग हात फैलाई रहन नपर्ने स्वाबलम्बि बनाएको छ ।

उनी एक उदाहरण मात्र हुन् । प्रमिला जस्ता झन्डै ८ लाख हस्तकलाकर्मी हस्तकला क्षेत्रमा नै आफ्नो खुशी खोजीरहेका छन । आफ्नो ग्राहकहरुलाई आफ्नो सृजनाबाट खुशी बाँडिरहेका छन । आफ्नो पूर्खाले गर्दै आएको पेसाको निरन्तरता मात्र नभई नेपाली मौलिक कला र सिपको उचित व्यवस्थापन समेत गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान कायम गरिरहेका छन । यहि क्षेत्रबाट आफ्नो जीविको पार्जन गर्दै आएका कतिपय भने आफ्नो सीप दोस्रो पुस्तामा हस्तान्तरण नभएको भन्दै दु ः ख व्यक्त गर्छन ।

नेपाली सीपबाट विदेशी मुद्र आर्जन गर्ने महत्वपूर्ण पाटो हस्तकला पनि हो । नेपालबाट विश्व बजारमा निर्यात हुने सामानहरुमध्ये हस्तकलाका सामाग्रीहरु छैठौ स्थानमा छ । नेपालको अर्थतन्त्रमा झन्डै ११ प्रतिशत सहयोग छ । तर झन्डै दुई वर्ष कोरोना महामारीको चपेटामा यो क्षेत्र पनि परेकै छ ।

कोरोनाले थलाए पनि यो क्षेत्र पुनह चलायमान हुन थालेको व्यवसायीहरुको भनाई छ । तर सरकारीले स्पष्ट र प्रभावकारी ऐन नियम नबनाउँदा सामाग्रीहरुको निर्यातमा भने संधै समस्या हुने गरेको उनीहरुको भनाई छ ।

मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताए । हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकुल परिस्कृत गर्दै अघि बढाउनुपर्ने

परम्परागत कला र संस्कृतिमा मात्र नभई मौलिक हस्तकला उत्पादनमा नेपालको पहिचान बृहत छ । यहाँका उत्पादन संसारमै पृथक नमुना मानिन्छ । फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका नेपाली उत्पादन विश्वमा नै लोकप्रिय छ ।त्यसैले यस्ता मौलिक सीमको प्रवद्र्धनतर्फ सरोकारवालाको ध्यानकर्षण हुन जरुरी छ ।