समाचार

काठमाडौँको क्षेत्रपाटीमा घर भत्कँदा बालकको मृत्यु


काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ४ वर्षीय बितुकुमार साह रहेका छन् ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । स्थानीय ध्रुवनारायण प्रधानको पुरानो घर शुक्रबार साँझ भत्किएको काठमाडौँका निमित्त प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । बालकका परिवार फलफुल पसल गर्छन् ।