राजनीति

प्रधानन्यायाधीशले वार्ताका लागि बारलाई पठाए पत्र


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् ।
बारको सल्लाहकार समितिको बैठक शुरु हुन लाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।

बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।