राजनीति

एमालेको १०औं महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो


काठमाडौँ — नेकपा (एमाले)ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ। शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिएका हुन् ।

जवाफमा प्रधानमन्त्री देउवाले खुशी प्रकट गर्दै महाधिवेशनका लागि शुभकामना दिएको र आफू अधिवेशनमा सहभागी हुने बचन दिएको संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए । एमालेको १०औ महाधिवेशन चितवनको नारायणी नदी किनारमा यही मंसिर १० गतेबाट सुरु हुँदैछ ।