कोरोना विशेष

२४ घण्टामा २९६ जना कोरोना संक्रमित पुष्टि, ५ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ८ हजार ९७२ पीसीआर परीक्षणमा २९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ । अहिले देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।