राजनीति

योगेश भट्टराईको दाबी : ओलीकै नेतृत्वमा एमाले फेरि सत्तामा फर्किन्छ


काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धनको चुनौती चिर्दै अबको चुनावमा आफूहरुको पार्टीले बहुमत ल्याउने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले यस्तो बताएका हुन् ।

‘विभिन्न षडयन्त्रबाट हामी सरकारबाट प्रतिपक्षमा छौँ । एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छु, उनले भने, ‘तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछौँ । आगामी निर्वाचनमा बहुमत ल्याउने चुनौती हामीसँग छन् ।’ भट्टराईले पाँच दलीय गठबन्धनलाई चिरेर एमालेले बहुमत ल्याउने बताएका छन् ।