काठमाडौँ – राजधानीस्थित माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाईकल शुक्रबार बिहान साढे दुई बजे दुर्घटना भएको हो
काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । उनी मोटरसाइकल पछाडी बसेका थिए । दुर्घटना हुना साथ उनलाई उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल लगिएको थियो । महानगरीय ट्राफिक महाशाखाका अनुसार मल्लिकारको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया