काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका रामदेवले बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरीको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएको हो ।
बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्ने छन् भने राति त्यहीको रिसोर्टमा बस्ने छन् । त्यस अवधिमा रामदेवले भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
योगगुरु बाबा रामदेव बिहीबार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश हो भनेका थिए । उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताए । शनिबार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रतिक्रिया