काठमाडौँ – भारतको विहार राज्यमा अदालतभित्र नै पसेर एक प्रहरीले न्यायाधीशलाई हातपात गरेको छ । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई निर्घात कुटेको हो ।
न्यायाधीश अभिनाश कुमारलाई बिहीबार दिउँसो दुईजना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर आक्रमण गरेका थिए । उनीहरुले न्यायाधीशमाथि बन्दुक पनि तेर्साएको खबर भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए ।
प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरूलाई पनि कुटेका थिए । पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ ।
अदालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरू मुछिएको भनिएको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
प्रतिक्रिया