राजनीति

नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन आजदेखि शुरु


काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज देखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु हुँदैछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज देशैभरिका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुने जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय महाधिवेशन २४–२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ ।