समाचार

कुलमानको टाउको दुखाइ बन्दै बिद्युत खपत, भारतले खरिद नगरे के गर्ने ? (भिडियोसहित)


काठमाडौँ — स्वदेशमै उत्पादन भएको जलविद्युतको खपत बढाएर विदेशी मुद्रा सञ्चिति बढाउन र व्यापार घाटा घटाउन सकिन्छ भन्ने विषय यतीवेला चर्चामा छ । नेपाल जलस्रोतमा धनी भएको र विद्युत् उत्पादन पनि बढिरहेकाले यो तत्काल सम्भव पनि छ । तर, सरकारलाई बिजुलीको खपत बढाउने विषय टाउको दुःखाइ बनेको छ ।

यतिवेला उर्जा क्षेत्रमा कुनै विषय चर्चामा छ भने त्यो हो बिजुलीको खपत कसरी बढाउने भन्ने ? नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो समय करिव दुई हजार मेगावाट विद्युत् नेपालमा उपलब्ध छ । माथिल्लो तामाकोशी लगाएत ठुला आयोजनाले विजुली उत्पादन गरे सँगै प्रणालीमा गुणात्मक परिवर्तन देखा परेको छ । तर, खपत भने हाल औसतमा एक हजार ४ सय मेगावाट मात्रै छ । यो हिसावले पनि प्राधिकरणलाई करिव ६ सय मेगावाट विजुली खेर जानबाट बचाउन चुनौति देखिन्छ ।

विगतमा १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई नियमित रुपमा बिजुली पाउनु नै ठूलो कुरा हो । तर हाल अवस्था फेरिएको छ । प्राधिकरणमा दोस्रो कार्यकाल संहाल्न आइपुगेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि बिजुलीको खपत बढाउने विषय टाउको दुःखाइ बनेको छ । प्रधानमन्त्रीदेखि ऊर्जा मन्त्रीसम्मलाई पनि उत्पादित ऊर्जा खेर गइरहेकोमा चिन्ता छ ।

यस्तै, बिजुली खपतका लागि शहरी क्षेत्रमा इन्डक्सनको प्रयोग बढाउने योजना अगाडि सारिएको छ । नेपाल आयल निगमले एक सिलिण्डर ग्याँसको मूल्य एक हजार ५७५ निर्धारण गरेका अवस्थामा बिजुलीबाट खाना पकाउँदा करिव १ हजार मात्रै लाग्ने विज्ञले बताउदै आएका छन । ऊर्जा अधिकारीहरूले नेपालको विद्युत् महसुल दक्षिण एसियाकै श्रीलङ्का वा बाङ्लादेशदेखि युरोपेली देशको तुलनामा कम रहेको बताउने गर्छन् । देशभित्रै विद्युत्को खपत बढाउन इन्डक्सन चुलोको प्रयोग बढाउने, विद्युतीय सवारीतर्फ प्रोत्साहन गर्न व्यावहारिक योजना आवश्यक पर्ने विज्ञको धारणा छ ।

राष्ट्रिय आयको वृद्धिमा सहायक हुने तरिकाले हाम्रो विद्युत् विकास हुनुपर्थ्या,े जुन भएको देखिदैन । नेपालको प्रतिव्यक्ति खपत अहिले नै निकै कम रहेको छ । विद्युत् खपतको दर कसैले बढाउन प¥यो भन्दैमा बढ्ने होइन, यो समग्र विकाससँग जोडिने कुरा हो । त्यसका लागि सरकारले प्रतिबद्ध रूपमा दीर्घकालीन योजना ल्याउन जरुरी छ ।