अर्थनीति

आन्दोलनले घट्ला त पोट्रोलियम पदार्थको मूल्य ? (भिडियोसहित)


काठमाडौँ — संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध दैनिक जस्तै प्रदर्शन गरिरहेको छ । नेपाल आयल निगमले पटक–पटक पेट्रोलको मूल्यवृद्धि गरेपछि संयुक्त विद्यार्थी संगठनहरुले केहिदिनदेखि सडक प्रदर्शन गर्दै आएका छन् । तर, पनि मुल्य नियन्त्रण हुने छाँटकाट छैन ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन तीन रुपैयाँको दरले मूल्यवृद्धि गरेपछि नेपाल आयल निगम र सरकारको आलोचना भइरहेको छ । यहि चर्को मुल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनहरु केहिदिनयता सडक तताईरहेका छन् । विहिबार पनि संयुक्त विद्यार्थी संगठनले काठमाडौंको माइतीघर मण्डलामा मुल्य वृद्धिविरुद्ध सडक बहस गरेको छ । उनीहरुले विद्यार्थीहरूको आवाजलाई मत्थर गर्ने प्रयत्न गरियो भने आवश्यक कदम चाल्न वाध्य हुने सरकारलाई चेतावनी दिएका छन् ।

पेट्रोलियम मात्र नभएर जनताको दैनिक जीवनसंग जोडिएका खाध्य बस्तुमा निरन्तर मुल्यबृद्धि भएपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरे पनि कसैको ध्यानकर्षण भएको छैन् । सत्तारुढ दलकै विद्यार्थी संगठन सडकमा ओर्लिए पनि सरकारको ध्यानाकर्षण नभएपछि विद्यार्थी नेताहरु आर्कोशित बनेका छन् ।

भारतसंग ८३ रुपैयामा खरिद गरेको प्रेट्रोल सरकारले १३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । तर, पनि १७ रुपैयाँ ५८ पैसा निगमले घाटा ब्यहोरेको दाबी गरेको छ । पटक पटक निगमले मुल्य वृद्धि गर्दा जनआक्रोश चुलिएको छ । तर, सरकार जनताको पीर मर्का बुझ्ने पक्षमा देखिँदैन ।