समाचार

अग्निपीडितले मुख्यमन्त्रीसामु रुँदै पोखिन् पीडा


काठमाडौँ — अग्निपीडितलाई राहत लिएर बुधबार मुगुको सदरमुकाम गमगढीस्थित तल्लो बजार आगलागी स्थानमा आइपुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग दुखेसो पोख्दै पीडित ।

गत सोमबार राति भएको आगलागीबाट मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा २१ घर जल्दा घरधनी, बहाल र व्यवसायी गरी ७६ परिवार विस्थापन भएका छन् । गमगढीस्थित तल्लो बजारमा बुधबार अग्निपीडितलाई राहत लिएर आएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत आगलागीबाट भएको क्षतिबारे जानकारी लिँदै ।​

गमगढीस्थित तल्लो बजारमा सोमबार राति आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । रासस