काठमाडौँ — सरकारले रेबिजविरूद्ध लगाइने इम्युनोग्लोबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इम्युनोग्लोबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेको जानकारी दिए । “मंसिरको पहिलो साताबाट सात प्रदेशका ९ अस्पतालमा यो सेवा विस्तार गरेका छौं, पछि आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छौं” उनले भने ।
यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो । जसमा कारण उपत्यका बाहिर रहेका बिरामी सेवा लिन छुट्थे । यो बाध्यता अन्त्य गर्न नियमित कार्यक्रम मार्फत सेवा विस्तार गरिएको मन्त्री खतिवडाले बताए ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक १ सय जना रेबिज भएका बिरामी अस्पताल पुग्छन् । जसमध्ये १० देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको छ ।
प्रतिक्रिया