राजनीति

सर्वोच्च परिसरमा थप प्रहरी परिचालन


काठमाडौँ – सर्वोच्च अदालत परिसरमा थप प्रहरी परिचालन गरिएको छ । नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको बेला सर्वोच्चमा थप प्रहरी परिचालन गरिएको हो । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । धर्नाको क्रममा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल समेत भएको छ । यसैबीच, सर्वोच्च अदालतमा आज ९ वटा इजलास तोकिएका छन् । विभिन्न मुद्दाका लागि इजलास तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई कुनै पनि इजलासमा राख्नुभएको छैन् ।