राजनीति

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बोलाइएको छ ।

विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्न बैठक बस्न लागेको निर्वाचन समितिले जनाएको छ । बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तयारीमा कांग्रेसको रहेको छ । सिन्धुपाल्चोकका २ वडामा अधिवेशन हुन सकेको छैन । रसुवामा पनि केही वडामा अधिवेशन हुन सकेको छैन ।

कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ । अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लामा मंसिर १० भित्र जिल्ला अधिवेशन गर्नुपर्ने कार्यतालिका रहेको छ ।