विदेश

ठूलो आँधीपछि क्यानडामा संकटकाल घोषणा, हजारौँ मानिसहरू प्रभावित


काठमाडौँ – ठूलो आँधीपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ । विपद्बाट प्रभावित बासिन्दाको सहायताका लागि क्यानडाका सुरक्षाकर्मी र अधिकारीहरू खटिएका छन् ।

आँधीबाट हजारौँ मानिसहरू प्रभावित भएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए । कैयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको बीबीसीले जनाएको छ । ठूलो आँघीको मूख्य कारण जलवायु परिवर्तन रहेको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।