राजनीति

आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने ओलीको दावी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभरी एमाले प्रवेशको लहर चलेकोले आउँदो निर्वाचनमा पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ । लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतासहितलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने दाबी गर्नुभयो ।

ओलीले एमाले एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न अन्य दललाई चेतावनी पनि दिनुभएको छ । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले दाबी गरेको छ । मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ ।