राजनीति

नेपाल–भारतको बढ्दो जटिलता, भारतबाट फर्किएपछि राजदूतले भने ‘भारतले हेप्छ’ (भिडियोसहित)


काठमाडौँ – नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेयतादुई छिमेकी मुलुक नेपाल र भारतबीचको कुटनीतिक पक्ष पूर्ण शिथिल अवस्थामा छ । नयाँ नक्सा प्रकरणपछि दुई मुलुकबीचसीमा विवाद थप उत्कर्षमा पुग्यो । त्यसयता ठप्प जस्तै बनेको दिल्ली–काठमाण्डौबीचको कूटनीतिक गतिविधिदेउवा सरकारले केही चलायमान बनाउने प्रयासगरिरहेको देखिन्छ ।

मुलुकभित्रको राजनीतिक अस्थिरताको प्रत्यक्ष असर देशको परराष्ट्र मामिलामा पर्नु स्वभाविक हो । लामो समय राजनीतिक अस्थिरताका कारण नेपालको विदेश नीति शिथिल प्रायः छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा छिमेकी मुलुक भारत र चीन मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रले पनि नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने ठुलो अपेक्षा थियो । तर ओली नेतृत्व सरकारले न त स्थायी सरकार जोगाउन सक्यो न त छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुधारमा काम गर्न सक्यो । फलत : स्थायी सरकार छिन्नभिन्न भयो भने छिमेकी मुलुक त्यसमा पनि विशेषगरी भारतसँगको सम्बन्ध थप चिसियो ।

बहुआयामिक नेपाल भारत–सम्बन्ध विभिन्न असमान सन्धि,पटक पटकको अघोषित नाकावन्दीलगायत विविध कारणले समय समयमा नेपाल भारतबीचको सम्बन्ध दरारपूर्ण हुँदै आएको छ । पछिल्लो केहि समय यता प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेपाल र भारत सम्बन्धलाई केहि चलायमान बनाउँदै लगेको छ । औपचारिक रुपमा सरकार प्रमुखबीच द्धिपक्षीय भ्रमण नभए पनि नयाँ सरकार गठनसँगै औपचारिक तथा अनौपचारिक रुपमा झन्डै दर्जन बढी भ्रमण भईसकेका छन । सत्तारुढ दलले यसलाई ट्रयाक टु डिप्लोमेसीलाई बढवा दिएको बताउँदै आएका छ । यता नेपालबाट राजदूत बनेर गएका व्यक्तिहरुको कुटनीतिक क्षमतामाथि नै पटकपटक प्रश्न उठ्ने गरेको छ ।तर उनीहरु यो स्वीकार्ने पक्षमा छैनन् । बरु नेपालभारतबीच समस्यासँगै समधानको प्रयास पनि निरन्तर जारी रहेको तर्क उनीहरुको छ ।

नेपाल सार्वभौम मुलुक भएपनि कुटनीतिक प्रभावकारिता नहुँदा र नेताहरुको लम्पसारबाद प्रवृत्तिका कारण कुटनीतिक सुधार भएको छैन । यसैकारण भारतसँगै अन्य मुलुकले नेपालप्रति राख्ने दृष्टिकोण त्यति सकरात्मक नभएको जानकारहरुको तर्क छ । राजनीतिक अस्थिरताले नेपालको कुटनीतिक क्षेत्र अस्तव्यस्त हुनु अस्वभाविक पक्कै होइन । तर नेपाल जस्तो विकासउन्मुख राष्ट्रका लागि द्धिपक्षीय,क्षेत्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध र साझेदारी र सहकार्यको विकल्प छैन । त्यसैले नेपाललाई छिमेकी मुलुकसँग जतिसुकै जटिल र तनावग्रस्त सम्बन्ध भए पनि समयानुकूल सुधार गर्नुको विकल्प छैन ।