राजनीति

प्रदेश नम्बर २ मा माओवादी १ नम्बरको पार्टी हुने प्रचण्डको दाबी


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा माओवादी १ नम्बरको पार्टी हुने दाबी गर्नुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मलाई के विश्वास छ भने प्रदेश नम्बर २ मा माओवादी पार्टी १ नम्बर पार्टी हुनैपर्छ र राष्ट्र बचाउनैपर्छ । संविधान बचाउनैपर्छ ।’ त्यस्तै उहाँले माओवादीले संघीयता छोड्यो भन्ने झुटलाई व्यापक प्रचार गरिएको आरोप समेत लगाउनुभयो ।