राजनीति

सुदूरपश्‍चिम प्रदेशमा एमालेका १६४ जना महाधिवेशन प्रतिनिधि छनौट


काठमाडौँ – नेकपा एमालेको चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । १६ वटा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको सो पार्टीले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

१६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट भने निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएको थियो । निर्वाचन भएका क्षेत्रमा पनि सौहार्दपूर्ण वातावरणमा चुनाव भएको अध्यक्ष थापाले दाबी गर्नुभयो ।