काठमाडौँ – सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो दिन आजपनि १६ अङ्क माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक बुधवार २८ सय माथि पुगेको हो । नेप्से परिसूचक आज १६.९५ अङ्कले बढेर २ हजार ८०१ दशमलव ५२ विन्दुमा उक्लिएको छ ।
बुधवार बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स उपसमूहहरू बढेका छन् भने, विकास बैङ्क, जीवन–निर्जीवन बीमा, म्युचुअल फन्ड लगायतका समूह ऋणात्मक भएका छन् । आज २२४ कम्पनीको ७७ हजार ५१८ पटक शेयर कारोबार भएर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ ।
बुधबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको आज ५८ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
प्रतिक्रिया