काठमाडौँ – आजदेखि ई–पासपोर्ट लागू भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आजदेखि ई–पासपोर्ट जारी गरेको हो । नेपालको पहिलो इ–पासपोर्ट शताब्दी पुरूष सत्यमोहन जोशीलाई हस्तान्तरण गरिएको छ ।
बुधबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गर्नुभएको हो । जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउनुभयो । त्यस्तै जोशीले सरकारलाई सफलताको शुभकामनासमेत दिनुभयो ।
प्रतिक्रिया