राजनीति

प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने


काठमाडौँ – नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आव्हान गर्नुभएको छ ।

नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आव्हान गर्नुभएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाउनुभयो । उहाँले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताउनुभयो ।