काठमाडौँ – वायु प्रदूषण उच्च भएपछि दिल्लीका सम्पूर्ण शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले वायु प्रदूषण उच्च भएपछि सम्पूर्ण शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् ।
दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् । दिल्लीमा सञ्चालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ ओटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको छ । सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ । हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ ।
प्रतिक्रिया