राजनीति

वरिष्ठ अधिवक्ता शम्भु थापाले भने – प्रधानन्यायाधीशको सिट खालि भइसक्यो


काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको छ । बुधबार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको हो ।

उहाँले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताउनुभयो । वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताउनुभयो । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उहाँले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताउनुभयो ।