राजनीति

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत, पक्षमा ५० र विपक्षमा २९ मत खस्यो


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । सत्तारुढ गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका राईलाई कांग्रेस, माओवादी केन्द्रलगायत सत्तारुढ दलले समर्थन गरेका छन् । बुधवार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

९२ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ७९ जना उपस्थित थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।