राजनीति

सर्वोच्चमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुन्छ : प्रचण्ड


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ ।

बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित बक्तव्य जारी गरेको उल्लेख गर्दै अव त्यो विषयमा बढि बोली राख्नु आवश्यक नभएको प्रतिक्रिया समेत दिनु भयो ।

अध्यक्ष प्रचण्डले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताउनु भयो ।