राजनीति

धेरै कर तिर्ने उद्योगी व्यवसायीले पाए सरकारबाट सम्मान


काठमाडौँ – सरकारले कर दिवसको अवसरमा सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मानित गरेको छ । आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेका हुन् ।

यस वर्ष सबै भन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड बनेको छ। यस्तै सबैभन्दा धेरै कर तिर्ने सूर्य नेपाल प्रालि छ। त्यस्तै स्वास्थ्य क्षेत्रबाट सबैभन्दा बढी कर तिर्नेमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल छ। यस्तै व्यक्तिगत करदाताबाट सिद्धार्थ शम्शेर राणाले सरकारलाई सबैभन्दा बढी कर तिरेका छन्।

बैंकिङ तर्फ नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ। यस्तै निर्यात कारोबारबाट डाबर नेपाल, विशेष उद्योगमध्येबाट एशियन पेन्टस् नेपाल प्रालि, कृषि पशुपन्छी उद्योगबाट पूर्वाञ्चल एग्रीटेक प्रालि छन्।

यस्तै सहकारीबाट छिमेक लघुवित्त, पर्यटन व्यवसायबाट तारागाउँ रिजेन्सी, बीमा कम्पनीबाट नेपाल पुनर्बीमा कम्पनी लिमिटेड छ। यस्तै मध्यमस्तरीय करदाताबाट कर दाखिला गर्ने करदाताबाट कर्जा सूचना केन्द्र कम्पनी, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट छ। यसै गरी उर्जा उद्योगबाट हिमाल पावर छ।

यसैगरि २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म समयमै कर बुझाउनेमा घोराही सिमेन्ट रहेको विभागले जनाएको छ।