राजनीति

प्रधानन्यायाधीशले तोके १० इजलास, १८६ मुद्दा सुनुवाइ हुँदै


काठमाडौँ – नेपाल बार एसोसिएसनको धर्ना र न्यायाधीशहरूको बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि १० इजलास तोक्नुभएको छ ।

१० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । आज दुई एकल र आठ संयुक्त इजलास तोकिएको छ । संवाद र वार्ताबाट समाधान खोज्न प्रधानन्यायाधीश जबराले गरेको आग्रहलाई बारले अस्वीकार गरेको छ ।

बारले तेस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ । न्यायलय विवादमा फस्दासमेत दलहरू भने मौन बसेका छन् ।