समाचार

कटहरी औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा भीषण आगलागी


काठमाडौँ – बुधबार बिहान मोरङको कटहरी औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी उद्योगमा भीषण आगलागी भएको हो ।

बुधबार बिहान विराटनगर, इटहरी, कानेपोखरी, रंगेली, दुहवीलगायत स्थानबाट पठाइएको दमकले आगलागी नियन्त्रणको प्रयास गरिरहेको मोरङ प्रहरीले जनाएको छ । उद्योगमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन । उद्योगले पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको थियो ।