काठमाडौँ – दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार लु मालदिभ्सको राजधानी माले हुँदै नेपाल आउन लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।
भेटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया