राजनीति

नेपाल बार एसोसियसनले गर्यो थप आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौँ – प्रधान न्यायाधिश चोलेन्द्र समशेर जबरा बिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ ।

नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मकोलाई आन्दोलनको कार्यक्रम थप गरेको हो । आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिदै देश भरिका १८ वटा उच्च अदालतमा समेत बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मंसीर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराको राजप्नामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठकपछि बारका महासचिव लिलामणि पौडेलले मंसिर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापनपत्र बुझाउने जानकारी दिनुभयो ।