समाचार

देशभर ३७७ संक्रमित थपिए, चार जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।
त्यस्तै आज १७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।