बिजनेस

नेप्सेमा आज उच्च अंकको वृद्धि


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज उच्च अंकको वृद्धि भएको छ । बैंकहरुको व्याजदर वृद्धिको असर भने आज शेयर बजारमा परेको छैन ।

नेप्से आज ६६.२२ अंकले बढेर दुई हजार ७ सय ८४ दशमलब ५८ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज नेप्सेमा ५ अर्ब ५२ करोड २१ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुनेमा नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार प्राधिकरण, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेड, प्रभु इन्स्योरेनस, लिवर्टी इनर्जी, नेशनल हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।