देश

सोलुखुम्बु प्रदेश सभा ‘क’ मा धनजन राईको प्यानलै विजयी


काठमाडौँ – नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘क’ को सभापतिमा २५८ मतसहित धनजन राई निर्वाचित भएका छन् । सोलुखुम्बु प्रदेश सभा ‘क’ मा सभापति राईसंगै उनको प्यानलै विजयी भएको हो ।

राईले आफ्ना प्रतिद्वन्द्वी रोशन बाबु थुलुङले भन्दा ९३ मत बढी ल्याएका हुन् । थुलुङले १६५ मत पाएका छन् । तर आधिकारिक घोषणा भने बाँकी नै रहेको कांग्रेस स्रोतले जनाएको छ । राई पुर्व मन्त्री बल बहादुर केसी निकट हुन् भने थुलुङ पुर्व पार्टी सभापति आङगेलु शेर्पा निकटका हुन् ।

त्यस्तै फुर्तीमान तामाङले २६८ र टार्जन कुलुङ राईले २६३ मत ल्याएर उपसभापतिमा निर्वाचित बनेका छन् भने विजय गुरुङले २४५ र हेमराज भट्टराईले २२६ मत ल्याएर सचिव, भिमचन्द्र राईले २४६ र तेज बहादुर बस्नेतले २३७ मत प्राप्त गरि सह–सचिवमा निर्वाचित बनेका छन् ।