राजनीति

प्रदेश १ को मुख्यमन्त्री राईले बुधबार विश्वासको मत लिने


काठमाडौँ – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ। आज प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी भइरहेको बेला प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो ।

सभामुखले बुधबार बिहान ११:३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्। एमालेले आज बन्द रहेकोले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराउँदै बैठकमा उपस्थिति हुन नसकेको जानकारी गराएको छ ।

यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन्।