राजनीति

विद्युतीय चुल्हो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै उहाँले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताउनुभयो ।