समाचार

बन्दकर्ताद्वारा साझा यातायातको बसमा तोडफोड


काठमाडौँ –ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् ।

मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका बसमा सामान्य क्षति पुगेको छ ।

प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतका विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।