काठमाडौँ – अमेरिका र चीनका राष्ट्रपतिहरुबीच आज छलफल हुँदैछ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका राष्ट्रपतिद्धय जो वाइडेन र सि जिन पिङबीच भर्चुअल छलफल हुन लागेको हो ।
उनीहरुको छलफलतर्फ विश्वको ध्यान तानिएको छ । दुई देशबीचको सम्बन्ध राम्रो हुन नसकेको यो समयमा भएको छलफललाई महत्वका साथ हेरिएको छ । गतसाता स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलनमा जलवायुका असरविरुद्ध लड्न दुई मुलुकले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको पृष्ठभूमिमा सी र बाइडेनबीच छलफल हुन लागेको हो ।
सी र बाइडेनबीच संवादका लागि आवश्यक मुद्दाहरुको कमी छैन । तर, पछिल्लो समय ताइवानलाई लिएर यी दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण चरणबाट गुज्रिएको छ ।
प्रतिक्रिया