राजनीति

बन्द गराउँदै हिँडेका विप्लव समुहका ६ जना पक्राउ



काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्दको आह्वान गरेको छ ।

नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङ सहित ६ जना छन् । पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको बिरुद्ध मंगलबार सो समुहले नेपाल बन्द आयोजना गरेको छ ।