समाचार

मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, २० घर जले


काठमाडौँ – मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २० घर जलेर नष्ट भएका छन् ।

काठैकाठका घर र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको प्रहरीले बताएको छ । त्यसमाथि दमकल नहुँदा आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । प्रहरीका अनुसार राति साढे १२ बजे लागेको आगो बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगो निभाउने क्रममा एउटा कच्ची घर भत्काइएको थियो ।

आगलागीमा मानवीय क्षति भएको छैन । आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ ।